दफा ३क
प्रदेश तथा स्थानीय कानून बमोजिम हुने

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको विषयमा देहाय बमोजिम हुनेछः-

(क)   एकसय वाट सम्मका एफ. एम. रेडियो संचालनको इजाजत, नविकरण र नियमन सम्बन्धी कार्य आफ्नो स्थानीय तहको क्षेत्र भित्र सम्बन्धित स्थानीय तहले  बनाएको कानून बमोजिम हुनेछ।

(ख)   एकसय वाट भन्दा माथि एकहजार वाट सम्मको एफ. एम. रेडियो प्रशारण र केवुलमा आधारित टेलिभिजन प्रशारणको इजाजत, नविकरण र नियमन सम्बन्धी कार्य आफ्नो प्रदेशभित्र सम्बन्धित प्रदेशले बनाएको कानून बमोजिम हुनेछ।

(२) यस ऐन बमोजिम हुने एफ.एम. रेडियोको फ्रिक्वेन्सीको बाँडफाँटका लागी सम्बन्धित प्रदेश वा स्थानीय तहले मन्त्रालय समक्ष माग गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम इजाजत, नवीकरण र नियमन सम्बन्धमा स्थानीय तह वा प्रदेशले कानून नबनाए सम्मको लागी त्यस्तो विषयको इजाजत, नवीकरण तथा नियमन यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम हुनेछ।